मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

खुमलटारमा रोपाइँ महोत्सवः मन्त्रीले मेसिनले रोपे धान, किसानले पाएनन मल

बुधबार १५ असार, २०७९ Nepalexplores 1167


खुमलटारमा रोपाइँ महोत्सवः मन्त्रीले मेसिनले रोपे धान, किसानले पाएनन मल

काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ ।

कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए । रमन्त्रीले मेसिनबाट धान त रोपे तर, किसानले रासायनिक मल भने पाएनन । मलको अभावमा नै धान रोप्नु परेको किसानहरु बताउँछन । 


१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ठेकदारको कारण रासायनिक मल अभाव भएको बताए । मलको ठेक्का प्रणाली नै राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताएका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु