मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आजको मौसम पूर्वानुमान

शनिबार ३२ असार, २०७९ Nepalexplores 1501



काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


आज दिउँसो  पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भूभागका केही स्थानहरुमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । 


 देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु