सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मंसिर ३ गते १८ वर्ष पुग्ने मतदाताले भोट हाल्न पाउने निर्णय

आईतवार २९ श्रावण, २०७९ Nepalexplores 1503


मंसिर ३ गते १८ वर्ष पुग्ने मतदाताले भोट हाल्न पाउने निर्णय

काठमाडौं । निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ । आयोगले मंसिर ४ गते तय भएको आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो । 

‘मिति २०७९/०४/१९ (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९/०८/०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु