मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज केही प्रदेशमा भारी वर्षाको सम्भावनाः सचेत रहन विभागको आग्रह

बिहीबार २३ भाद्र, २०७९ Nepalexplores 1384


आज केही प्रदेशमा भारी वर्षाको सम्भावनाः सचेत रहन विभागको आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु