सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

बारा  क्षेत्र नं. ४  मा पूर्व मन्त्रीद्धयबीच प्रतिस्पर्धा हुने 

शुक्रबार २८ आश्विन, २०७९ Nepalexplores 1641


बारा  क्षेत्र नं. ४  मा पूर्व मन्त्रीद्धयबीच प्रतिस्पर्धा हुने 

काठमाडौं । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी प्रतिस्पर्धा हुने भएको छ । 
 उक्त क्षेत्रमा सतारूढ गठबन्धनको तर्फबाट पूर्वश्रममन्त्री किसान श्रेष्ठ उम्मेदवार छन्। त्यस्तै, एमाले जसपा गठबन्धनबाट पनि पूर्वखेलकुद मन्त्री एकवाल मियाँ उम्मेदवार रहेका छन्।


दुवैजना पूर्व मन्त्रीहरू बारा निवासी नै हुन्। ०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट एकबाल मियाँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। उनी केही दिन पहिलामात्रै एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन्। पूर्वमन्त्री श्रेष्ठले भने तनहुँ क्षेत्र नम्बर १ बाट ०७४ सालमा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए।

श्रेष्ठलाई यसपाली यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को साथ पनि रहेकाले उनी मियाँभन्दा बलिया उम्मेदवार देखिन्छन्। किनभने लोसपा नै परित्याग गरेर मियाँ भर्खरै एमालेबाट चुनाव लडदैछन् । 

यस क्षेत्रमा पकड राख्ने लोसपाका नेता जितेन्द्र सोनल पनि यसै क्षेत्रको ख बाट प्रदेशसभामा उम्मेदवार छन्। उनी ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए। सोनल फेरि पनि यही क्षेत्रबाट उम्मेदवार हुँदा सतारूढ गठबन्धनका श्रेष्ठलाई लोसपाको मत जाने भएकाले श्रेष्ठ बलिया उमेदवार मानिएका हुन्।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु