मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने  माओवादीको संकेत

बुधबार ३ फाल्गुन, २०७९ nepalexplores 1326


राष्ट्रपतिमा कांग्रेसलाई सघाउने  माओवादीको संकेत

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने संकेत गरेको छ। वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको बताईएको छ । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ। 

 

एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने पर्याप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका नेताहरु बताउछन। एमालेका अध्यक्ष केपी ओलीले पनि यो सरकारबाट कुनैपनि बेला बाहिरिनु पर्ने संकेत गरिसकेका छन । अनेरास्ववियुको महाधिवेशनलाई संवोधन गर्ने क्रममा उनले पार्टीका सबै नेता कार्यकर्तालाई वर्तमान स्थिति बुझेर केहि परिवर्तन भई हालेमा अन्यथा नमान्न र निराश नहुन समोत अपिल गरिसकेका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु