मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

किन गर्य त्रिभुवन विमानस्थलमा ट्याक्सि चालकले हड्ताल

मंगलवार २१ चैत्र, २०७९ nepalexplores 1480


किन गर्य त्रिभुवन विमानस्थलमा ट्याक्सि  चालकले  हड्ताल

काठमाडौं,चैत २१

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा  ट्याक्सि   चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा  ट्याक्सि  चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका हुन् ।

विमानस्थल बाहिर भने  ट्याक्सिहरु चलिरहेका छन् । विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पु¥याइएको र १०० रुपैयाँ पु¥याउने धम्की दिइएको भन्दै  ट्याक्सि   चालकहरु लामो समयदेखि विरोधमा छन् । यस अघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । उनीहरुले भाडाका  ट्याक्सिहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए । तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै  ट्याक्सि  चालकहरु आन्दोलन सुरु गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु