मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

मंगलवार ३० श्रावण, २०८० Nepalexplores 1137


बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं, ३० साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गाल्नुअघि ६० किलो ७८९ ग्राम थियो ।  गाल्दा ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो ।

 

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छली कसुर प्रकरणको अनुसन्धान गरिरहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु