मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

समाजवादी मोर्चाले भदौ ८ गते सातै प्रदेशमा सभा गर्ने

सोमबार ४ भाद्र, २०८० nepalexplores 1373


समाजवादी मोर्चाले भदौ ८ गते सातै प्रदेशमा सभा गर्ने

४ भदौ २०८०, काठमाडौँ ।
समाजवादी मोर्चाले भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ। आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ।

सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताए।

यसैगरी बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु