मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भ्रष्टाचारका काण्डमा  संलग्न जोसुकैलाई पनि कडा कारबाही हुनुपर्छ : चौधरी

बुधबार ६ भाद्र, २०८० nepalexplores 1240


भ्रष्टाचारका काण्डमा  संलग्न जोसुकैलाई पनि कडा कारबाही हुनुपर्छ :   चौधरी

६ भदौ, काठमाडौं । 

एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले विभिन्न प्रकरणमा सत्ता पक्ष र विपक्ष जोसुकै जोडिएको भएपनि कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले नक्कली शरणार्थी, ललिता निवास, सुन, गिरिबन्धु ‘टि स्टेट’ ,ओम्नी, ऐति, जलहरी लगायतका प्रकरणको फाइल अगाडि बढाउन सुझाव दिँदै उनले जोसुकै संलग्न भएपनि  कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

‘नक्कली शरणार्थी, ललिता निवास, सुन जुनसुकै प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष जोसुकै संलग्न भएपनि सरकारले छानबिनको दायरामा ल्याएर कारबाही गरोस्’, उनले भने । 

सुशासनको पक्षमा सरकारले चालेको काम प्रशंसनीय रहेको जिकिर गर्दै उनले सरकारको कदमलाई साथ रहने बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु