सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड  विनियोजन गरिएको छः मन्त्री भुसाल

बिहीबार ७ भाद्र, २०८० nepalexplores 1442


लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड  विनियोजन गरिएको छः मन्त्री भुसाल

७ भदौं, काठमाडौं । 
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा।वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन्।


बिहीवार प्रतिनिधि सभा बैठकमा मन्त्री भुसालले चालु वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय ससर्त अनुदानअन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराए। त्यस्तै, महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको बताए।

उनले प्रदेशले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएको बताए।

मन्त्री भुसालले ५ महिनामा लम्पी स्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताए। त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए। हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका उल्लेख गरे। उनले हालसम्म जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताए।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु