मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब लगानी स्वीकृत

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1417


चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब लगानी स्वीकृत

८ भदौ, काठमाडौं । 

लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि कूल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शक्रवार बसेको बोर्डको बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । 


बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयनअघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।


बोर्का अनुसार बैठकले दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु