सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

घृणको राजनीति ओलीले सुरु गरेका हुन्घः भुषाल

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1510


घृणको राजनीति ओलीले सुरु गरेका हुन्घः भुषाल

८ भदौ, काडमाडौँ । 
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् ।

पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए । उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने भन्दै भुसालले भने, ‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गालीगलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो ।’


ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरु आएको भुसालले बताए । नयाँ राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तिनका कुरा सुन्नुस्, भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन् ।’

यो फन्टुस नयाँ जेनेरेसन भएकाले नै आफूले ओलीको मानषपुत्र भनेको भुसालको तर्क छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु