मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

विद्यालय व्यवस्थापन समिति विघटन नगर्न काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

बुधबार १३ भाद्र, २०८० nepalexplores 1257


विद्यालय व्यवस्थापन समिति विघटन नगर्न काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

१३ भदौ, काठमाडौं । 
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो । 

तर, बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अधिवक्ता कमल कोइरालाले जानकारी दिए । सर्वोच्चको यो आदेशपछि पुरानै विद्यालय व्यवस्थापन समिति कायम रहने उनले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु