मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

६५ रनमा गुमायो नेपालले पहिलो विकेट

सोमबार १८ भाद्र, २०८० nepalexplores 1394


६५ रनमा गुमायो नेपालले पहिलो विकेट


१८ भदौ २०८०, काठमाडौँ । 

भारत विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। टस हारेर भारत विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा पहिलो विकेट गुमाएको छ। नेपालले ६५ रन बनाउँदा ओपनर कुशल भुर्तेल शार्दुल ठाकुरको बलमा विकेटकिपर इशान किशन द्वारा क्याचआउट भए।


भारतले सुरुवातमानै नेपालको विकेट लिने अवसर चुकाउँदा त्यसको मुल्य चुकाउनु परेको थियो। कमजोर फिल्डीङको सिकार भएको भारतले पाँच ओभर भित्र तीन क्याचको अवसर छुटायो। भारतका श्रेयस अय्यर, विराट कोहली र इशान किशनले क्याच छाएका थिए।

त्यसपछि ४२ रनमा अम्पायरले कुशल भुर्तेललाई एल्बिडब्लु आउट दिएपनि नेपालले  रिभ्युमा सफलता पायो। जहाँ विकेट मिस हुँदा नेपालका ओपनर कुशल क्रिजमा रहे। नेपालको सफलता सुरु गरेको नेपालले भारत विरुद्ध सुरुवातमानै जिवन दान प्राप्त गरेको छ।

कुशलले आफ्नो इनिङमा २५ बल खेल्दै  ३८ रन बनाएर आउट भए। अहिले क्रिजमा  आसिफ शेख २३ रन र भिम सार्की शुन्य रनमा अविजित छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु