आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1167


स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

 २१ भदौ २०८०, काठमाण्डौँ ।

स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो ।

यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकजाँच भने जरुरी हुन्छ । ताकि  क्यान्सर नभए ढुक्क भएर बस्न र क्यान्सर भएमा छिटो पहिचान तथा उपचार भई निको पार्न सकियोस् ।

स्तनमा गाठाँगुठी आउनु सामान्य हो । यो महिलामा कुनै पनि उमेर समूहमा देखिन सक्छ । गाँठागुठी आउने कारण र त्यसको आकारप्रकार फरक फरक हुन्छ । स्तनमा देखिने गाँठागुठी मध्ये ८० प्रतिशतमा क्यान्सर हुँदैन । तर २० देखि ३० प्रतिशतमा स्तन क्यान्सर हुन पनि सक्छ ।
स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने रु

नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।

यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड गरिन्छ ।

त्यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ  ।
(डा. कार्की नर्भिक अस्पताल, बी एण्ड बी अस्पताल)


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु