बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

कोशी प्रदेशको मुख्यमन्त्रीमा  कांग्रेस नेता  कार्कीको पनि दाबी

बिहीबार २५ आश्विन, २०८० nepalexplores 1337


कोशी प्रदेशको मुख्यमन्त्रीमा  कांग्रेस नेता  कार्कीको पनि दाबी

२५ असोज, काठमाडौँ। 

कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् ।

प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको जिकिर छ ।

‘सरकार गठनको विषयमा  निर्णय त यहाँको संसदीय दलमा गर्नुपथ्र्यो, निर्णय यहाँ प्रदेशले गर्नुपथ्र्यो, केन्द्रले त केन्द्रको कुरा गर्ने हो । हाम्रो दलमा पनि निर्णय भएको छैन, कतै पनि केही भएको छैन’, कार्कीले भने, ‘सबै इन्डिभिजुअल सांसदलाई छोडिदिएको छ, हामीले त्यसको उपयोग गरेका हौं ।’

कार्कीले बिहीबार नेपाली कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् । मुख्यमन्त्रीमा दाबीपछि केदार कार्की भन्छनः सांसदहरुको स्वतन्त्रताको उपयोग गरेँ


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु