बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

कोशीका मुख्यमन्त्रीलाई अध्यादेश फिर्ता लिन एमालेको पत्राचार  

बिहीबार १८ माघ, २०८० nepalexplores 1393


कोशीका मुख्यमन्त्रीलाई अध्यादेश फिर्ता लिन एमालेको पत्राचार  

१८ माघ २०८०, काठमाडौं । 

नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्र पठाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीलाई पत्र लेखेर केही प्रदेश ऐन संशोधन अध्यादेश फिर्ता लिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ६ माघमा प्रदेशसभाका पदाधिकारी थप गर्नेसहित सात वटा ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका थिए ।

अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गरेर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई गाडी सुविधा दिने व्यवस्था प्रदेश सरकारले गरेको थियो । एमालेले अध्यादेश फिर्ता लिएर कानुन निर्माणका लागि संसदको अधिवेशन बोलाउन माग गरेको छ ।

‘प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा ऐन, २०७५ सहित सात वटा ऐनहरुमा संशोधन हुने गरी जारी गर्नुभएको अध्यादेश कुनै पनि हिसाबले सान्दर्भिक र उपयुक्त छैन’, एमाले नेता कार्कीले मुख्यमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु