सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

पुख्र्यौली ठेकाठेकीको माग घट्दो 

शुक्रबार ४ फाल्गुन, २०८० nepalexplores 1757


पुख्र्यौली ठेकाठेकीको माग घट्दो 

४ फागुन, काठमाडौं ।
परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको छ। यो पेसा बाट जीविकोपार्जन गरेका व्यवसायीमा समस्या हुन थालेको छ। परम्परागत काठका ठेकी बनाउने पेसा बाटै आफ्ना परिवार पहिला चलाए पनि अहिले आम्दानी हुन नसक्दा समस्या भएको लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकले जानकारी दिए।

 

घुम्ने बिजुलीको मेसिनमा बिहानदेखि साँझसम्म ठेकी बनाउने कारखानामा व्यस्त भए पनि परम्परागत सिप बाट गुजारा चलाउन अहिल गाह्रो भएको बताए। यो बाहेक अन्य पेसा नभएकाले काठका सामग्री बिक्री नहुँदा परिवारको गुजारा चलाउन समस्या भएको उनको भनाई छ। आफू एक्लैले दैनिक दुई÷तीन वटासम्म ठेकी तयार गरे पनि ठेकीको माग नहुँदा, बजार अभाव लगायत कारणले आम्दानी घटेको भन्दै पेसा नै छाड्ने अवस्था आउन लागेको काठका ठेकीको व्यवसाय गर्ने व्यवसायीहरुको गुनासो छ।

 

न विदेशमा राम्रो कमाइ हुन्छ न स्वदेशमा बसेर केहि गर्ने सक्ने अवस्था छ। काठ बाट थाल, कचौरा, पानी खानो करुवा, बत्ती बाल्ने दियो, काठका पाला, वाइन कप, ठेकी लगाएत सबै सामग्री बनाउन सकिन्छ । अब स्थानिय तहहरुले मायाको चिनोस्वरुप आफुहरुले बनाएको ठेकी लगाएत अन्य सामग्रीहरु दिनलाई उनले सबैलाई आग्रह गरे।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु