मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

सेयर बजारमा तीव्र उतारचढाव 

शनिबार २६ फाल्गुन, २०८० nepalexplores 1271


सेयर बजारमा तीव्र उतारचढाव 

२६ फागुन,काठमाडौं ।
तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ। यो साताको पुँजीबजारमा पनि देखिएको छ। साताको पहिलो दिन आइतबारको कारोबार पछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अंकको गिरावट देखियो। ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो। 

आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो।


त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ। बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु