मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

६३ आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

सोमबार १९ चैत्र, २०८० nepalexplores 1467


६३ आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

१९ चैत, काठमाडौँ ।
चैत, बैशखको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्।


हिमाल आरोहणको अनुमति बापत  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ। सगरमाथा पछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

विभागको पर्वतारोहण शाखाका कर्मचारीले सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए।


यो समयमा सगरमाथा सहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ। वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु