आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

उपत्यकाको फोहर बञ्चरेडाँडा लान अवरोध

शनिबार २४ चैत्र, २०८० nepalexplores 1313


उपत्यकाको फोहर बञ्चरेडाँडा लान अवरोध

२४ चैत, काठमाडौं ।

काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजान नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हुन्।


‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यस अघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो।


सहमति बाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर फाल्न रोक लगाइएको एक प्रतिनिधिले बताए।

 

फोहर फाल्न नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको जानकारी दिए। “फोहर फाल्ने सबन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने।

 

दैनिक एक हजार पाँच सय टन फोहर काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिका बाट ल्याउने गरेको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु