मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

सोमबार ३ बैशाख, २०८१ nepalexplores 1470


अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

३ वैशाख, काठमाडौं ।
विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

 


यो वैशाख महिनामा अन्नपूर्ण क्षेत्र घुम्न आउने पर्यटक संख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाको अनुमान छ। गत आर्थिक वर्षको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ।

 

सडक मार्ग भएर मनाङ, मुस्ताङ लगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या यकीन छैन। ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्य छन्।

 

७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ।

 

हिमशृंखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयबासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु