मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’

सोमबार ३ बैशाख, २०८१ nepalexplores 1630


नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’

३ वैशाख, काठमाडौँ । 
नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक–थ्रु’ भएको छ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो। 

 

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ। आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ।

 

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्नका लागि अझै डेढ् बर्ष समय लाग्ने जनाइएको छ। आयोजना निर्माणको सुरुआती सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो। आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ। 

 

सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु