मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

इञ्जिनियर बया तोप चरा 

आईतवार ९ बैशाख, २०८१ nepalexplores 1554


इञ्जिनियर बया तोप चरा 

९ बैशाख, काठमाडौं ।
नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्।

तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा रोज्छ गुँड गोलो अकारको राम्रो र सुन्दर देखिन्छ। भाले चराले सुपारी घाँस, लामो लामो तान्द्रो घाँस वा धानका पात मिलाएर एउटा टेवा हाँगा बाट बिस्तारै गुँडको तल्लो भाग बनाउँदै जान्छ।

माथिल्लो हाँगालाई आधार बनाएर एउटा गोलो आकारको अर्को आधार बनाउँछ। त्यस माथि एउटा हेलमेट आकारको गुँड बनाएको हुन्छ। हेर्दा निकै आर्कषक अनि सुन्दर देखिन्छ।

तोप चराले गुँड बनाइ सके पछि पोथी चरालाइ गुँडको अवलोकन गर्न बोलाउछ। पोथि चरा आउँछे र हेर्छे यदि पोथीले गुँड राम्रो भयो भनेर जनाउ दिएमा भालेले गुँडमा एउटा सानो कचौरा जस्तो छुट्टै ठाउँ पोथीलाई अण्डा पार्नका लागि बनाउँछ। त मन नपरेको संकेत गरेमा त्यो गुँड त्यतिकै छोडेर हिड्छ। 

हेर्दा मनोरन्जनात्मक र निकै कलात्मक ढंग बाट बया तोप चराले गुँड लगाउने यम सुरु भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु