बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाल भ्रमणमा कतारका अमिर शेख उपहार हात्ती दिने तयारी

सोमबार १० बैशाख, २०८१ nepalexplores 1587


नेपाल भ्रमणमा कतारका अमिर शेख उपहार हात्ती दिने तयारी

१० वैशाख, काठमाडौं ।
नेपाल भ्रमणमा पहिलो पटक आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्। अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ।

उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ। नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्।

दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। 

कतारको राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सिलसिलामा नेपालले हात्ती उपहार दिने तयारी गरेको छ। त्यो तत्कालका लागि कार्यान्वयन नहुने देखिएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता राजा अल थानीको भ्रमणका बेला कार्यान्वयन गर्ने सरकारको तयारी थियो।

तर, कतारकै तर्फबाट आवश्यक तयारी पूरा हुन नसक्दा राजाको भ्रमणकै सिलसिलामा तत्काल हात्ती दिने सरकारको योजना कार्यान्वयनमा भने नआउने वन तथा वातावरण मन्त्रालयकाले जानकारी दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु