मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

शुक्रबार २१ बैशाख, २०८१ nepalexplores 1549


शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

२१ वैशाख, लुम्बिनी।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा बौद्ध अध्ययन संकायले शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ। 

विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताए।

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फान्स लगायत देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्न जनाइएको छ। 

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण, विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ। गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफल समेत गरिने जनाइएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु