शुक्रबार २२ जेष्ठ, २०८३ (Friday June 05, 2026)

ढोरपाटन पर्यटक क्षेत्रमा राजस्व सङ्कलन वृद्धि

आईतवार १३ जेष्ठ, २०८१ nepalexplores 1433


ढोरपाटन पर्यटक क्षेत्रमा राजस्व सङ्कलन वृद्धि

१३ जेठ, ढोरपाटन (बागलुङ) ।
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुन थालेको छ।

ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन्। विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ। सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ। पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो। यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ। पर्यटक आवगमनले अघिल्लो आर्थिक वर्षमा तीन करोड ४८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएकामा यो वर्षको अन्त्य सम्ममा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ। 

चालु आवमा सिकार अनुज्ञापत्र शुल्क बाट मात्रै चार करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षकाले जानकारी दिएको छ ।

अनुज्ञापत्र शुल्कबाहेक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवाना बाट नौ लाख चार हजार तथा हेलिकप्टर अवतरण गराएबापत ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षकाले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या समेत बढेको छ। अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकामा यस वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको ढोरपाटन सिकार आरक्षकाले जानकारी दिए। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु