सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज देशव्यापी मनाइयो विश्व वातावरण दिवस 

बुधबार २३ जेष्ठ, २०८१ nepalexplores 1482


आज देशव्यापी मनाइयो विश्व वातावरण दिवस 

२३ जेठ, काठमाडौँ ।
आज देशव्यापी ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ। देशव्यापी रूपमा विभिन्न संघ–संस्था र विद्यालयहरुले पनि यही नाराकासाथ दिवस मनाएका हुन्।


संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको असर, जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत हुदै गइरहेको छ। ‘हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्नु नै भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि विश्व वातावरण दिवस मनाईएको छ।


यसै अवसरमा काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन परिसरमा पलाँसको बिरुवा रोपेर बृक्षारोपरणको शुभारम्भ गरेका थिए भने उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षारोपरण गरेका थिए। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु