बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

किसानलाई चैतेधान भित्र्याउने चटारो 

बिहीबार ३१ जेष्ठ, २०८१ nepalexplores 1494


किसानलाई चैतेधान भित्र्याउने चटारो 

३१ जेठ, मध्यविन्दु (नवलपरासी) । 
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई चैतेधान भित्र्याउने चटारो छ। यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको छ।

विगत केहि वर्षदेखि सिँचाइको सुविधा पर्याप्त हुँदा सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम बढेको छ। ‘चैतेधान थन्काए पछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीको प्रवाह नगरी किसानहरू धान भित्र्याउने व्यस्त छन। 

दुई बाली धान लगाउन मिल्ने जिल्लाहरुका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन्। यस वर्ष धेरै चैतेधान उत्पादन हुने अनुमान छ।

जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको बताए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु