मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द

सोमबार ४ असार, २०८१ nepalexplores 1469


नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द

३ असार, काठमाडौँ।
वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएकोे मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

मनसुनजन्य विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ। 

ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएमा मेलम्ची बन्द गर्न सकिने समितिले बताएको छ। मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची अहिले सम्म बन्द नगरिएको समितिले जनाएको छ। 

‘हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरेका थियौँ, तर वर्षा सुरु नभएकाले बन्द गरेनौँ’,  ‘यदि अचनाक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा पनि हामी बन्द गर्ने छौँ।’

आयोजनाको अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेको भनाइ छ।

ठूलो वर्षा सुरु भएर मेलम्ची खोला धमिलो हुन थालेपछि आयोजना जोगाउन पनि बन्द गर्नुपर्छ। आयोजना जुनसुकै बेला पनि बन्द गर्नका लागि हामी तयारीमा छौँ। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ। बाढीपहिरो लगायत मनसुनजन्य घटना बढ्नसक्ने भन्दै समयमा नै सतर्कता अपनाउन अनुरोध गरिरहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु