मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आजदेखी देशैभरको मौसम सफा हुँदै जाने

सोमबार २५ असार, २०८१ nepalexplores 1363


आजदेखी देशैभरको मौसम सफा हुँदै जाने

२४ असार, काठमाण्डौ ।
शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम बुलेटिन अनुसार आजदेखि क्रमिक रूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको छ।

 मनसुनी न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ।

पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो। आजदेखी वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ।

 मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु