बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

बुधबार २ श्रावण, २०८१ nepalexplores 1455


बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

२ साउन, काठमाडौं ।

बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक विद्यार्थीलाई बाहिर ननिस्कन दुतावासको आग्रह

आन्दोलन चर्किदै गएपछि नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ।

दूतावासले  विद्यार्थीहरूको शान्ति,सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू र नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराएको छ। 

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका छन्। आन्दोलनका क्रममा हालसम्म ६ जना विद्यार्थीको मृत्यु भइसकेको छ।

अर्को सूचना जारी नभएसम्मका लागि शिक्षण संस्थान अनिश्चितकालका लागि बन्द गरिएका छन्। 


 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु