सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

किवी फल उत्पादनमा बृद्धि बजार अभाव

सोमबार २४ भाद्र, २०८१ nepalexplores 1521


किवी फल उत्पादनमा बृद्धि बजार अभाव

२४ भदौ,काठमाडौं । 
कालिकोटमा किवी खेती फस्टाए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि बजारको समस्या भएको छ। 

नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ। रुप्साका अगुवा किसान जसमल बोगटीले रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताउछन्। 

किसानले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरे पनि उत्पादित किवीको बजारीकरणमा समस्या भएको बताएका छन्। सडक नपुगेकाले बजारमा कहाँ लैजानु “बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको चिन्ता हुन थालेको किसान बताउछन्। 

उत्पादन गरेको किवीले बजार र मूल्य नपाउँदा समस्या भएको किसानको भनाइ छ। “यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए” “तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ।”

उत्पादन भएको किवी कसरी कहाँ बिक्री गरौँ, कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योलले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरणमा समस्या भको बताए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु