मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

प्रधानमन्त्री ओलीलाई चीनको बेइजिङमा, उपमन्त्री बेइदोङलले गरे स्वागत

सोमबार १७ मंसिर, २०८१ nepalexplores 1390


प्रधानमन्त्री ओलीलाई चीनको बेइजिङमा, उपमन्त्री बेइदोङलले गरे स्वागत

१७ मङ्सिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको बेइजिङमा, उपमन्त्री बेइदोङलले गरे स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली चार दिन चीन भ्रमणका लागि सोमबार बेइजिङ पुगेका हुन्। ओलीलाई चीनस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका हुन्। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली सोमबार बेइजिङ पुगेका हुन्। प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु