बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

सबैभन्दा महंगो मूल्य बन्यो बिटकोइन 

बिहीबार २० मंसिर, २०८१ nepalexplores 1328


सबैभन्दा महंगो मूल्य बन्यो बिटकोइन 

मंसिर २० काठमाडौं ।
सबैभन्दा महंगो मूल्य बिटकोइन बनेको छ। 

न्युयोर्क टाइम्सको अनुसार १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार पहिलो पटक एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको जनाएको छ। 

क्रिप्टोकरेन्सीहरू मध्ये सबैभन्दा महंगो बिटकोइन एक लाख डलर कटेको छ। नेपाली मूल्य अनुसार एउटा बिटकोइनको मूल्य एक करोड ३५ लाख बढी पर्ने भएको हो। 

नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा आफू बिटकोइनमा रूची राख्ने मानिस रहेको र बिटकोइनको मूल्य अझै बढाउने काम गर्ने बताएका थिए। त्यसैले पनि बिटकोइनको मूल्य बढेको हुनसक्ने आँकलन गरिएको छ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ अनुसार कारबाही गर्दै आएको छ। 

उक्त दफामा रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ। त्यस अनुसार कारोबार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु