बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

इसराइल र हमासबीच युद्धविराम पछि हमासले छाड्यो १५ बन्धक

शुक्रबार १८ माघ, २०८१ nepalexplores 1380


इसराइल र हमासबीच युद्धविराम पछि हमासले छाड्यो १५ बन्धक

१८ माघ, काठमाडौं ।
इसराइल र हमासबीच युद्धविराम पछि हमासले १५ जना बन्धक छाडेको छ। युद्धविरामको १२ दिनमा गजाबाट १५ बन्धक रिहा भएका हुन्।

बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ।

यस अघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन महिला बन्धक छाडेको थियो। त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो।बन्धकमुक्त हुनेहरूमा तीन जना इसराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्।

यो साता दुई पटक हमासले बन्धक छाड्ने छ। हमासले शनिबार पनि बन्धकहरू रिहा गर्ने बताइएको छ। हमासले बन्धक रिहा गर्दा इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्ने छ।

४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरू कैदमुक्त हुने छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु