सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

जापानसँग दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह

सोमबार १९ फाल्गुन, २०८१ nepalexplores 1404


जापानसँग दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न  आग्रह

१९ फागुन, काठमाडौँ । 
उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेको हुन्।

नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री अधिकारसँग भएको भेटमा दुग्ध प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन्।

भेटका क्रममा मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको जनाएका छन्।

अहिले पनि जापानी स्वयम् सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयमार्फत सहयोग गरिरहेका छन्। भेटमा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेकाले कृषि क्षेत्रमा हाल जारी सहयोगलाई निरन्तरता दिइने बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु