मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति 

शुक्रबार २३ फाल्गुन, २०८१ nepalexplores 1439


दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति 

२३ फागुन काठमाडौं । 
दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति दिएको छ। महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै अदालतले रिहाईको लागि अनुमति दिएको हो।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ’प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ।’

’प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शंका हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ,’ अदालतले भनेको छ।

पूर्व अभियोजक युन सुक योलले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दै संसमा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा तरंग आएको थियो।

महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै युल विरूद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु