मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

‘नेपाल राष्ट्रिय हिमनदी,जल तथा मौसम सप्ताह–२०८१’ शुभारम्भ

सोमबार ३ चैत्र, २०८१ nepalexplores 1423


‘नेपाल राष्ट्रिय हिमनदी,जल तथा मौसम सप्ताह–२०८१’ शुभारम्भ

४ चैत, काठमाडौं ।
आज बाट ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’ को शुभारम्भ भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आज देखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री दीपक खड्काले गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको र हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताएका छन्।

जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगिकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै मन्त्री खड्काले चिन्ता समेत व्यक्त गरे।

जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीको घट्दो अवस्था तथा जल र मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै सरकारले नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।

सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने उल्लेख गरेका छन्।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले एक हप्तासम्म चल्ने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहले पानी, जलवायु, मौसम लगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन्।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु