मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्ने तीर्थयात्री बढ्दो

बुधबार ८ श्रावण, २०८२ nepalexplores 1507


हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्ने तीर्थयात्री बढ्दो

७ साउन, काठमाडौं । 
हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्लो समय बन्द रहेको हुम्लाको हिल्सा नाका खुले पछि कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या बढेको हो।

कोरोना महामारीले बन्द रहेको नाका खुले पछि नेपालगञ्ज विमानस्थल बाट सिमकोट विमानस्थल हुँदै हिल्सा नाका बाट चिनको मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्री संख्या बढेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको लथ्याङ्क अनुसार गत चैत महिनाबाट हालसम्म १३ सय ५ जना पुरूष, १२ सय ७३ जना महिला भारतीय तीर्थयात्री र अन्य देश बाट १५९ जना पुरूष, १३२ जना महिला गरी २८ सय ६९ चिनको मानसरोवर कैलाश दर्शन गरेको जनाएको छ।

त्यस्तै सिमकोट विमानस्थल हेलिकप्टर बाट हिल्सा नाकासम्म ७६४ जना महिला, ८०६ जना पुरूष भारतीय तीर्थयात्री र अन्य देश बाट ७९ जना महिला, ६५ जना पुरूष गरि १७ सय १४ जनाले आउजाउ गरेको तथ्यांकमा उल्लेख गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु