सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने

आईतवार ५ आश्विन, २०८२ nepalexplores 1346


अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने

५ असोज, काठमाडौं ।
अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने भएको छ।

तीन करोड रुपैयाँभन्दा कमका ‘टुक्रे’ प्राथमिकतामा नपरेका आयोजना रोक्का गर्ने अर्थ मन्त्रालयले जनाएको हो।

आज बसेको मन्त्रिपरिषद बैठकले खर्च कटौती गर्न तीन करोडभन्दा कम रकमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ।

टुक्रे आयोजना रोकेर राष्ट्रिय महत्व र प्राथमिकताका आयोजना अघि बढाउन खर्च गर्न सकिने जनाएको छ। रोक्का राखिएको आयोजनामा निर्माण व्यवसायलाई भुक्तानी दिन बाँकी भए रकम भुक्तानी भने गर्ने जनाइएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु