मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज दोहबाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कदै

बिहीबार २१ कार्तिक, २०८२ nepalexplores 1497


आज दोहबाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कदै

२० कात्तिक, काठमाडौं । 
आज दोहबाट राष्ट्रपटि रामचन्द्र पौडेल स्वदेश फर्कदै छन्।

कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेल’ मा सहभागी भएर आज राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कने भएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। भने राष्ट्रपतिले विश्व शिखर सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु