सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज रातभर जानकी मन्दिरमा राम जानकी वैवाहिक कार्यक्रम हुँदै

मंगलवार १० मंसिर, २०८२ nepalexplores 1371


आज रातभर जानकी मन्दिरमा राम जानकी वैवाहिक कार्यक्रम हुँदै

९ मंसिर, काठमाडाैं।  
आज रातभर जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज साँझदेखि वैदिक परम्परा अनुसार विवाहको कार्यक्रम भइरहेको छ।

विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ। भने मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रम आज रातभर चल्ने छ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिर बाट रामको डोला र जानकी मन्दिर बाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर गरिएको थियो।

ढोल पिपही, सहनाई, बैन्ड बजा र पञ्चेबाजा सहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्बर गर्ने प्रचलन रहेको छ।

आज बिहानै देखि महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबास लगायत क्षेत्रबाट भक्तजन तथा पर्यटकहरु जनकपुर पुगेका छन्।

यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोध्या बाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु