सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मनाङमा गरे आवको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण 

शनिबार १४ मंसिर, २०८२ nepalexplores 1504


मनाङमा गरे आवको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण 

१३ मंसिर, काठमाडौं।

मनाङमा आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेको बताएका छन्।

चार महिनाको अवधिमा १०७ देशका नागरिकले भ्रमण गरेको (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेले बताएका छन्।

मनाङमाम आएका पर्यटक मध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये ९ हजार ६९५ पुरुष, ६ हजार ६०१ महिला, इसरायलका १ हजार ९१०, फ्रान्सका १ हजार ३९२ र जर्मनीका १ हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका कार्यलयले जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु