मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नेपाली कांग्रेसले गर्यो गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही

बुधबार १ माघ, २०८२ nepalexplores 1452


नेपाली कांग्रेसले गर्यो गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही

३० पुस, काठमाडौं । 
नेपाली कांग्रेसले गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री दोय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई पार्टीले पाच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले गगन र विश्व लगाएतलाई कारबाही गर्दै विशेष महाधिवेशनको पक्षमा लाग्ने हरूलाई आ–आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरू कारबाही गरिएको बताइएको जनाएको छ। 

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनको आह्वान गरेका थिए। 

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू गरेको छलफलले निकास निकान्न नसक्दा विशेष महाधिवेशन गरिएको जनाएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु