मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

सोमबार ६ माघ, २०८२ nepalexplores 1379


आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

५ माघ, काठमाडौं ।
आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्।

तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्। 

सोनाम ल्होछारलाई बाह्रा वर्गमा विभाजन गरिएको छ। जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ग हुन्छन्।

आज बाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको उपलक्षमा तामाङ समुदायले ल्होछार मनाएका छन्।ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नाम बाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाएको छ।पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका थिए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु