सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

शुक्रबार १७ माघ, २०८२ nepalexplores 1404


थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

१६ माघ, काठमाडौं।
थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्।

आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्।

बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख तीर्थस्थलको भ्रमणमा लुम्बिनी पुगेकी हुन्।

राजकुमारी सिनेनाथलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए। 

४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्, जसलाई राजाले ‘शाही नोबल कन्सर्ट’ को उपाधि प्रदान गरेका छन्।

७० सदस्यीय ठुलो प्रतिनिधि मण्डलको नेतृत्व गरेर लुम्बिनी आईपुगेकी सिनेनाथको टोलीले भारतका बोधगया, सारनाथ र कुशीनगरको दर्शन सकेर आएका हुन्।

भ्रमण सकेर आज नै दिउँसो २ बजे थाई एयर फोर्सको चार्टर्ड ७३७ बोइङ विमानमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट सिधै थाइल्यान्ड फर्किसकेकी छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु