मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

कञ्चनपुरको महेन्द्रनगरमा पूर्णागिरि मेलामा भारतीय दर्शनार्थीको भिड

शुक्रबार ६ चैत्र, २०८२ nepalexplores 1333


कञ्चनपुरको महेन्द्रनगरमा पूर्णागिरि मेलामा भारतीय दर्शनार्थीको भिड

६ चैत, काठमाडौं। 
कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ।

भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती अनुसार महेन्द्रनगरमा आज देखि भारतीय दर्शनार्थीको भीड लागेको हो।

फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहा नैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको स्थानीयले बताएका छन्। 

बिहानैदेखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी त्यसको व्यवस्थापनमा जुटेको जनाएको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लको अनुसार “पूर्णागिरिको दर्शन पछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेको” बताएका छन्।

“भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको जनाएको छ।” दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकी लगायत क्षेत्रमा चहलपहल बढेको अध्यक्ष मल्लले बताएका छन्। 

ब्रह्मदेव स्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताएका छन्।

बर्सेनि फागूपूर्णिमा देखि असारसम्म पूर्णागिरि मेला लाग्ने गर्दछ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु