मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पण्डितले लिए शपथ

मंगलवार २४ चैत्र, २०८२ nepalexplores 1304


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पण्डितले लिए शपथ

२४ चैत, काठमाडौं।

आज नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले शपथ लिएका छन्।

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मन्त्रपरिषद्को बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। भने शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले सफल कार्यकालको शुभकामना दिएका थिए।

पण्डितले २ माघ २०६२ मा सहायक निर्देशक बाट बैंक सेवा सुरु गरी १ फागुन २०८१ मा कार्यकारी निर्देशकसम्म बढुवा भएका छन्।

कार्यकारी निर्देशक रहँदा पण्तिले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु